धरान : जिल्ला प्रहरी कार्यालय मोरङले ब्राउन सुगर र गाँजा सहित ९ जनालाई पक्राउ गरेको जानकारी दिएको छ ।

उर्लाबारी-७ बस्ने छोमाई तामाङको घरमा लागुऔषध, ब्राउन सुगर र गाँजा विक्री वितरण तथा सेवन गरिरहेको सूचनाका आधारमा ९ जनालाई पक्राउ गरेको हो ।

मोरङ प्रहरीका अनुसार पक्राउ पर्नेमा उर्लाबारी-७ स्कुलडाँडा बस्ने  २१ वर्षीय ममता तामाङ, उर्लाबारी-७ बरगाछि बस्ने २४ वर्षीय मिलन याक्सो, उर्लाबारी-९ भोटेपुल बस्ने २८ वर्षीय आकाश लिम्बु,उर्लाबारी-७ बरगाछि टोल बस्ने १९ वर्षीय असीम लिम्बु, रतुवामाई-८ ईटहरा बस्ने २२ वर्षीय रुमपमान केदेम (लिम्बु), रतुवामाई-१० सातमेडि बस्ने १९ वर्षीय एन्जील मगर, रतुवामाई-९ ईटहरा बस्ने २५ वर्षीय मन्जील बस्नेत, झापा जिल्लाको दमक-७ बजार लाइन बस्ने १९ वर्षीय ससिन सेख, झापाको दमक-४ सिर्जना टोल बस्ने ३० वर्षीय सुमन सुनुवार रहेका छन्।

उनीहरूका साथबाट ब्राउनसुगर ४ ग्राम ७२७ मिलि ग्राम, गाँजा १८४ ग्राम २३० मिलि ग्राम र ५ थान मोटरसाइकल बरामद भएको छ ।