धरान : इटहरी प्रहरीले मोटरसाइकल चोरी गर्ने दुई जनालाई पक्राउ गरेको छ ।

को.१८ प ८५३६ र को. ७ प ९६२५ न. को मोटरसाइकल चोरी गरी इटहरी उप महानगरपालिका वडा न. ४ बस्ने वर्ष २४ को विकास भुजेलले चोरीको मोटरसाईकलहरु आफ्नै घर भित्र लुकाई छिपाइ राखेको छ भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय इटहरीबाट खटिइएको प्रहरी टोलीले विकास भुजेल र उनको साथी वर्ष २४ को विवेक अधिकारीलाई चोरी भएको मोटरसाइकल सहित घरबाट फेला पारी प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

उनीहरूलाई पक्राउ गरी प्रहरीले जिल्ला अदालत सुनसरीबाट चोरी मुद्रामा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।