धरान : इलाका प्रहरी कार्यालय इटहरीले जुवाको खालबाट ३ लाख १ हजार २ सय ७५ रुपैयाँ सहित ९ जना जुवाडेलाई पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले इटहरी उपमहानगरपालिका वडानं। ९ दक्षिणकाली टोलमा रहेको पुलबाबु साहको घरमा जुवा खेली रहेको अवस्थामा ९ जना जुवाडेलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

जुवाको खालबाट विभिन्न दरका नेपाली नगद २ लाख ९६ हजार १ सय ६१ रुपैयाँ र विभिन्न दरका भारतीय नोट ३हजार १ सय ९० रुपैयाँ नेपाली दर नगद ५ हजार १ सय ४ रुपैयाँ गरी जम्मा नगद ३ लाख १ हजार २ सय ७५ र खेल्दै गरेको तास पनि प्रहरीले बरामद गरेको छ ।

पक्राउ पर्नेमा इटहरी ८ बस्ने ३८ वर्षीय राज कुमार साह, सोही स्थान बस्ने वर्ष ३२ को पुलबाबु साह, इटहरी ९ बस्ने वर्ष ३८ को अशोक गोस्वामी, सोही स्थान बस्ने वर्ष ४० को सरोज चौधरी, इटहरी ४ बस्ने वर्ष ४८ को वीरेन्द्र साह, सोही स्थान बस्ने वर्ष २७ को राज कुमार साह, इटहरी ९ बस्ने वर्ष ४६ को सन्तोष राय, वर्ष ४६ को दीप नारायण साह र वर्ष ७७ को सैनी साह रहेको प्रहरीले जनाएको छ । उनीहरूमाथि आवश्यक छानबिन भइरहेको प्रहरीले जनाएको छ ।