धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका सह प्रवक्ता डा. आशिष श्रेष्ठले सह-प्रवक्ता पदबाट राजीनामा दिएका छन् ।

यस भन्दा अघि प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले राजीनामा दिए पछि प्रतिष्ठानमा सह प्रवक्ता डा. आशिष श्रेष्ठले नै प्रवक्ता र सह प्रवक्ता दुवैको काम गर्दै आएका थिए । तर उनले पनि आफ्नो व्यक्तिगत कारण जनाउँदै राजीनामा दिए पछि अब प्रतिष्ठान प्रवक्ता विहीन बनेको छ ।

प्रतिष्ठानका अस्पताल सहायक निर्देशक डा. प्रमोद बरालका अनुसार सह-प्रवक्ता डा.श्रेष्ठले घरायसी कामले गर्दा सह-प्रवक्ताको जिम्मेवारी लिन नसक्ने बताउँदै आएका थिए । तर आज एक्कासि राजीनामाको कुरा आएको छ यसबारेमा आफू जानकार नभएको डा. बरालले बताए ।