धरान : इलाका प्रहरी कार्यालय धरानले कौडा खेलिरहेका सात जना जुवाडेलाई पक्राउ गरेको जानकारी दिएको छ ।

मङ्सिर ३ गते राती ११: ३० धरान-१५ सुरेश लिम्बुको घरबाट एक लाख उनान्नब्बे हजार दुई सय पन्ध्र रुपैयाँ नगद सहित सात जना जुवाडेलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

पक्राउ पर्नेमा धरान १५ बस्ने ४२ वर्षीय राज कुमार लिम्बु, धरान-१५ कै ४१ वर्षीय को दीप राज आङ्देम्बे, धरान-१३ बस्ने २९ वर्षीय दीपेन्द्र लिम्बु, धरान-१९ बस्ने ३७ वर्षीय खगेन्द्र भन्ने धनेन्द्र लिम्बु; धरान-१८ बस्ने ३७ वर्षीय प्रेम कुमार लिम्बु, मोरङको सुन्दरहरैचा-११ घर भई हाल धरान-३ बस्ने ३७ वर्षीय युवराज आङ्देम्बे र मोरङको सुन्दरहरैचा ११ घर भई हाल धरान बस्ने ३३ वर्षीय टिकाराज आङ्देम्बे रहेको प्रहरीले जानकारी दिएको छ ।

जुवाजन्य खेल कौडा खेली रहेका अवस्थामा पक्राउ परेका उनीहरूलाई जिल्ला प्रशासन कार्यालय सुनसरीबाट म्याद गरी थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ।