धरान : मोरङको रतुवामाई नगरपालिका-८ बाट तास तथा जुवा खेलिरहेका १६ जना पक्राउ परेका छन् ।

गए राती ११:३० बजे स्थानीय सागर बर्तौलाको घरमा जुवा तास खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले नगद १ लाख ६९ हजार ६ सय ९५ रुपैयाँ, कौडा १६ थान, एक बुङ तास, मोबाइल थान १६, मोटरसाइकल १९ वटा र २ वटा कार सहित १६ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा रतुवामाई नगरपालिका-७ का ४७ वर्षीय डिल्लीराम चौलागाई, ३५ वर्षीय मोती पौडेल, ४३ वर्षीय रामनाथ मैनाली, ४१ वर्षीय देवी प्रसाद प्रसाईँ, ३७ वर्षीय रामनाथ नेपाल, ४५ वर्षीय हेमलाल प्रसाईँ, ४० वर्षीय नारायण चुँडाल, रतुवामाई नगरपालिका-८ का ४४ वर्षीय सन्त ब।राई, ३५ वर्षीय सागर बर्तौला, ४५ वर्षीय दीपक ढुङ्गाना, ४५ वर्षीय देवराज घिमिरे, ३८ वर्षीय अशोक भट्टराई, ३९ वर्षीय राजन हस्ता सतार, ४५ वर्षीय गोपी पराजुली, ३६ वर्षीय रबिन पोखरेल र बेलबारी नगरपालिका-७ का २२ वर्षीय गणेश श्रेष्ठ रहेका छन् ।

पक्राउ परेकाहरूको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।