इटहरी : यही मङ्सिर १३ हुने उद्योग वाणिज्य महासङ्घको निर्वाचनमा इटहरीका टङ्क दुलालले उम्मेदवारी दिएका छन् ।

साना तथा मझौला उद्योगी तथा व्यवसायीको हितमा काम गर्ने भन्दै उनले उम्मेदवारी दिएका हुन् । वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार चन्द्र ढकालको टिमबाट उनले उम्मेदवारी पेस गरेका हुन ।

इटहरी उद्योग वाणिज्य सङ्घ तथा पूर्वाञ्चल उद्योग बााणीज्य सङ्घका पूर्व अध्यक्ष समेत रहेका दुलाल यस पटक केन्द्रीय सदस्यको रूपमा देखिन लागेका हुन । साना तथा मझौला उद्योगमा राज्यको उपस्थिति कमजोर बनेको भन्दै उनले अर्थतन्त्रको मेरुदण्ड मानिएका साना तथा मझौला उद्योगमा ध्यान दिनुपर्ने भन्दै मुद्दा अगाडी बढाएका छन् ।

स्थानीय स्तरमै रोजगारी सृजना गर्ने खालका उद्योग व्यवसाय मार्फत देशको अर्थतन्त्र बलियो हुने भन्दै उनले आफ्नो उम्मेदवारी तिनीहरूकै पक्षमा भएको तर्क गरे ।

सामुदायिक अस्पताल इटहरीका अध्यक्ष समेत रहेका उनी सफल नेतृत्वकर्ता मानिन्छन् । महासङ्घमा बढ्दै गएको चरम राजनीतिकरण र गुटबन्दीका विरुद्धमा काम गर्ने उनको टिमको योजना छ ।