धरान : धरान उपमहानगरपालिकामा आज थप १२ जना कोरोना संक्रमित थपिएका छन् ।

धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताका अनुसार आज एन्फा क्वारेनटाइन र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हेल्प डेस्कमा लिइएको स्वाबको नमुना मध्येबाट १२ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

यो सँगै धरानमा कोरोना सङ्क्रमितको सङ्ख्या ३३५८ पुगेको छ ।