धरान : वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको रिक्त रहेको सह प्रवक्तामा एनेटोमी विभागका सहप्राध्यापक डा। चूडामणि पोखरेललाई नियुक्त गरिएको छ ।

उनलाई हिजो साँझ प्रतिष्ठानका उपकुलपति प्रा. डा. ज्ञानेन्द्र गिरीले नियुक्ति पत्र प्रदान गरेका छन् । नवनियुक्त सह प्रवक्ता डा. पोखरेलले प्रतिष्ठानमा २०१६ यता एनेटोमी विभागमा कार्यरत छन् ।
उनी २००६ मा बिडिएसका विद्यार्थीका रूपमा प्रतिष्ठान आएका थिए । बिडिएस सकाए पछि २०१३ मा एनेटोमी अध्ययन सुरु गरी २०१६ मा पास आउट भएपश्चात् कामको थालनी सुरु गरेका थिए ।