विराटनगरमा प्रतिबन्धित औषधी सहित १ जना पक्राउ, ६३ हजार बरावरको अवैध कपडा पनि बरामद   

  • मंसिर १०, २०७७
  • २६८ पटक पढिएको
  • कपुरी न्यूज
alt

धरान : मोरङको विराटनगर-१३ सैनिक टोलबाट प्रतिबन्धित औषधी सहित एक जना पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा सोही स्थानका ३६ वर्षीय नरेश यादव रहेका छन् । यादवलाई हिजो साँझ साढे ६ बजे जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

यादवले विभिन्न किसिमका प्रतिबन्धित औषधीहरू भन्सार छली गरी ल्याएर आफ्नो घरमा लुकाई छिपाई राखेको भन्ने विशेष सुराकका आधारमा खटिएको प्रहरी टोलीले उनको घरमा खानतलासी गरेको थियो ।

घरमा खानतलासी गर्ने क्रममा घरको पछाडि कम्पाउन्ड भित्र राखेको अवस्थामा प्रतिबन्धित औषधीहरू फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

यसरी बरामद गरिएको प्रतिबन्धित औषधीहरू र पक्राउ परेका नरेश यादवलाई आवश्यक कारबाहीको लागी औषधी व्यवस्था विभाग विराटनगरमा बुझाउने जनाइएको छ । 

यसै गरी जिल्ला प्रहरी कार्यालय मोरङबाट गस्तीमा खटिएको प्रहरी टोलीले विराटनगर १३ बाट अवैध रूपमा भन्सार छली गरी ल्याएका लत्ता कपडाहरू बरामद गरेको छ ।

हिजो साँझ साढे ५ बजे विराटनगर-१३ हनुमान मन्दिर टोल एरियाबाट ६३ हजार ६ सय १० रुपैयाँ बराबरको विभिन्न किसिमका लत्ताकपडा, कस्मेटिक सामान तथा खाद्यान्न सामाग्रीहरू फेला पारी बरामद गरेको हो ।

बरामद गरिएको उक्त सामानहरू आवश्यक कारबाहीको लागी भन्सार कार्यालय रानी विराटनगरमा बुझाउने कार्य भइरहेको उक्त कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार

सम्पर्क

न्यूजईस्ट मिडिया प्रा. ली.

धरान - १२, महेन्द्र पथ, सुनसरी, नेपाल

  • कम्पनी दर्ता प्रमाणपत्र नं.: १७३२५२/०७४/०७५
  • स्थायी लेखा नं.: ६०६९०३०७३
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: १४०४/०७५-७६

विज्ञापनका लागि

९८४२२७५७३०, ९८०२०७५७३०

Email: [email protected]

[email protected]

  • अध्यक्ष तथा प्रबन्ध निर्देशक मात्रिका प्रसाद नेपाल
  • कार्यकारी सम्पादक भैरब आङ्ला
  • संवाददाता संजिता धमला (धरान)
  • केशवराज भण्डारी (बिर्तामोड)

Copyright © 2018 / 2021 - Kapurinews.com All rights reserved