१२३८ को पीसीआर परीक्षण गर्दा ३७२ जनामा संक्रमण पुष्टी, १३८ डिस्चार्ज

  • मंसिर १०, २०७७
  • ३८२ पटक पढिएको
  • कपुरी न्यूज
alt

विराटनगर : प्रदेश १ मा आज ३७२ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा १५९, झापामा ९७, सुनसरीमा ५७, संखुवासभामा २७, इलाममा १२, पाँचथरमा ४, भोजपुरमा २, तेह्रथुम र उदयपुरमा १-१ र प्रदेश १ बाहिरका १२ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

विराटनगरमा १२१ जनामा संक्रमण देखिएको छ । संक्रमण पुष्टि भएकामा ४७ महिला र ७४ पुरुष छन् । मोरङको लेटाङ, बेलबारी र बुढीगंगामा ६-६, रंगेलीमा ४, उर्लाबारी र रतुवामाईमा ३-३, सुन्दरहरैचा र कटहरीमा २-२, मिक्लाजुङ, ग्रामथान र धनपालथानमा १-१, र स्थानीय तह नखुलेका ३ जनामा संक्रमण देखिएकोछ ।

झापाको झापा गाउँपालिकामा ३४, भद्रपुरमा २२, दमकमा ११, विर्तामोडमा १०, अर्जुनधारामा ५, कनकाई, बुद्धशान्ति, हल्दिबारी, मेचीनगर, शिवसताक्षी र गौरादहमा २-२ र गौरीगञ्ज र स्थानीय तह नखुलेका १-१ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

उता सुनसरीको इटहरीमा २८,धरानमा १३, रामधुनी र इनरुवामा ५-५, दुहवीमा २, भोक्राहानरसिंह र गढीमा १-१ र स्थानीय तह नखुलेका २, संखुवासभाको खाँदबारीमा २७, इलामको इलाम नगरपालिकामा १०, रोङ र देउमाईमा १–१, पाँचथरको फिदिममा ४, भोजपुरको अरुण र स्थानीय तह नखुलेका १-१, तेह्रथुमको लालीगुराँसमा १, उदयपुरको कटारीमा १ र प्रदेश १ बाहिरका १२ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या २६ हजार २५२ पुगेको छ ।

प्रदेश १ मा आज १३८ जना डिस्चार्ज

प्रदेश १ मा आज १३८ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसेनबाट १३७ र मेची अस्पतालबाट १ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या २१ हजार २८९ पुगेको छ ।

प्रदेश १ मा आज १ हजार २३८ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १४७ महिला र २२५ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म १ लाख ८६ हजार ९९८ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार

सम्पर्क

न्यूजईस्ट मिडिया प्रा. ली.

धरान - १२, महेन्द्र पथ, सुनसरी, नेपाल

  • कम्पनी दर्ता प्रमाणपत्र नं.: १७३२५२/०७४/०७५
  • स्थायी लेखा नं.: ६०६९०३०७३
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: १४०४/०७५-७६

विज्ञापनका लागि

९८४२२७५७३०, ९८०२०७५७३०

Email: [email protected]

[email protected]

  • अध्यक्ष तथा प्रबन्ध निर्देशक मात्रिका प्रसाद नेपाल
  • कार्यकारी सम्पादक भैरब आङ्ला
  • संवाददाता संजिता धमला (धरान)
  • केशवराज भण्डारी (बिर्तामोड)

Copyright © 2018 / 2021 - Kapurinews.com All rights reserved