धरान : धरान प्रहरीले धरान-१५ बाट एक जनालाई लागुऔषध सहित पक्राउ गरेको छ । 

धरान-१५ गणतन्त्र मार्ग बस्ने ३३ वर्षीय रवि तामाङलाई लागुऔषध सहित उनको घरबाटै पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

तामाङले आफ्नो घरको कोठामा लागुऔषध लुकाई राखेको गोप्य सूचना प्राप्त गरी प्रहरीले खानतलासी गर्दा काटुर्न भित्र डाइलक्स डिसी १०० एमएल लेखिएको १६ बोतल स्पामो प्रोक्सीभान ८५ क्याप्सुल, नाइट्रोजन १० लेखिएको १४ क्याप्सुल फेला परेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका रवि तामाङ लाई लागुऔषध कसुर अन्तर्गत बुधवार म्याद थप गरी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।