धरान : धरान उपमहानगरपालिकामा बुधबार २१ औँ महिला हिंसा विरुद्धको दिवस अर्थात् अन्तर्राष्ट्रिय लैङ्गिक हिंसा दिवस २०७७ को अवसरमा अन्तरक्रियात्मक कार्यक्रम सपन्न भएको छ ।

धरान उपमहानगरपालिकाकी उप प्रमुख मञ्जु भण्डारी (सुवेदी) को अध्यक्षतामा, मेयर तिलक राईको प्रमुख अतिथिमा वडाका महिला जनप्रतिनिधि, इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बहादुर बस्नेत, इलाका प्रशासन कार्यालयका,उद्योग वाणिज्य सङ्घ र महिला सञ्जाल धरान बिच अन्तरक्रियात्मक कार्यक्रम भएको थियो ।

धरान सबै जनप्रतिनिधिहरुले गरेको कामहरू हिंसामैत्री हुनुपर्ने लैङ्गिक हिंसाको नकारात्मक प्रभावबाट बचाउँदै हामीले व्यक्ति, समाज र सिङ्गो धरान नगरलाई लैङ्गिक हिंसा मैत्री बनाउन लागि प्रयत्न गर्नुपर्ने बताएका थिए।

उपप्रमुख भण्डारीले नकारात्मक छविप्रति सजग हुँदै हिंसाका सबै कारक तत्त्वहरूलाई निर्मूल पार्नु आफू पनि संवेदनशील भएर पहलमा लागि परेको बताइन्।

डिएसपी बस्नेतका अनुसार चालु आर्थिक वर्ष २०७७/२०७८ मा धरानमा  ९ वटा जबरजस्ती करणी हिंसाका ठाडो उजुरी, २ वटा जबरजस्ती करणी उद्योग, बाल यौन दुरुपयोग २ केसहरू परेको उनले बताए। गत आर्थिक वर्ष २०७६/२०७७ मा १ मानव बेचबिखन सहितका २७ केसहरू परेका बताए । उनले भने धेरै हिंसाका केसमा सम्पत्ति, अज्ञानताका कुराहरू जोडिएका छन्।

कार्यक्रममा सेतो रिबन समेत वितरण गरेको धरान सामाजिक विकास महाशाखाकी प्रमुख महिला विकास अधिकृत प्रज्ञादेवी निरौलाले जानकारी दिइन्। उनले भनी कोरोना महामारी बिच हाल धरानमा भर्चुअल कार्यक्रम मात्र गरिएको जानकारी दिइन्।

नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान विश्वभरि चलाइएको छ ।
नेपालमा ‘लैङ्गिक हिंसा अन्त्यको प्रतिबद्धता व्यक्ति समाज र सबैको ऐक्यबद्धता’ भन्ने राष्ट्रिय नाराका साथ लैगिंक हिंसाविरुद्धको १६ दिने अभियान’ आइतबारबाट देशभर सुरु भएको छ ।

सबै प्रदेश, जिल्ला समन्वय समिति र स्थानीय तहमा लैगिंक हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको हो। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको आह्वानमा शुभारम्भ गरेको हो ।