पथरी : मोरङको पथरी शनिश्चरे-५ हसन्दहमा बिहीबार अस्थाई प्रहरी पोस्टको उद्घाटन भएको छ ।

पथरी शनिश्चरे नगर प्रमुख दिलीपकुमार राई, प्रमुख जिल्ला अधिकारी कोषहरि निरौला, जिल्ला प्रहरी कार्यालय प्रमुख सन्तोष खड्का र नगर उप-प्रमुख यमुना विष्ट बास्तोलाले संयुक्त रूपमा प्रहरी पोस्टको उद्घाटन गरेका हुन् ।

नगरको दक्षिणी भूभागका रूपमा रहेको ५ र ६ नम्बर वडामा पर्ने हसन्दह क्षेत्रको सुरक्षाका लागि सो प्रहरी पोस्टले कार्य गर्ने छ ।

सो प्रहरी पोस्टमा जुनियर प्रहरी अधिकृत (एएसआई) को कमान्डमा १० जना सुरक्षाकर्मीको व्यवस्थापन गरिएको छ ।