धरान : जिल्ला प्रहरी कार्यालय उदयपुरले बिरामीहरूको उपचार गर्ने बहानामा निर्वस्त्र बस्न लगाएर यौन दुर्व्यवहार गर्ने धामी झाँक्रीलाई पक्राउ गरेको छ ।

उदयपुरका प्रहरी प्रमुख भीम बहादुर दाहालका अनुसार पक्राउ पर्नेमा उदयपुरको त्रियुगा नगरपालिका-१० बस्ने ३९ धामी अर्जुन भन्ने चूडामणि श्रेष्ठ र माता भनिने जुना राई रहेका छन् ।

मन्दिरजस्तो थान बनाई विगत १३ वर्ष देखी आफू धामी भएको र झारफुक गरी रोग निको पारिदिने प्रचार गरी निज जुना राईको सम्पर्कमा आएका २ जना  बिरामीहरूको उपचार गर्ने बहानामा महिलाहरूलाई दुबैजनाले मङ्सिर १० गते  यौन दुर्व्यवहार गरेका थिए ।

Than

उपचार गर्ने नाममा १ लाख रुपैयाँ र सुनको औँठी र सिक्री समेत माग

उपचार गर्ने क्रममा माता उतार्ने भन्दै १ लाख रुपैयाँ र सुनको औँठी र सिक्री समेत मागेको प्रहरी अनुसन्धानबाट खुलेको छ। उनीहरूले ३५ हजार लिइसकेको प्रहरीले जानकारी दिएको छ ।

माता भनिने जुनुले महिलाहरूलाई अर्का धामी अर्जुनले शिवजीको जस्तो निर्वस्त्र बनेर उपचार गर्छन्  तिमीहरू बिच लोग्ने स्वास्नीको व्यवहार हुन्छ त्यो कुरा कसैलाई नभन्नु भन्दै फकाउन सहयोग गर्ने गरेको प्रहरीले जानकारी दिएको छ ।

उपचार गर्ने आएका दुवै महिला विवाहित हुन। एक महिला जङ्गली लागेको र एक महिला पेट दुख्ने तथा सन्तान नभएको भन्दै उपचार गर्ने धामी सम्म पुगेका थिए । माता भनिने राई र धामी भनिने अर्जुनले संयुक्त रूपमा सहमतिमा नै यस्तो काम गरेको स्वीकार गरेको दाहालको भनाई छ ।

उनीहरू एउटै क्षेत्रमा काम गर्ने नजिकै घर भएका छिमेकी हुन। प्राप्त सुन र पैसा बाँड्ने कुरामा सल्लाह भएको प्रहरी अनुसन्धानमा खुलेको हो ।

यसअघि पनि उनीहरूले धेरै महिलाहरूलाई उपचार गर्ने बहानामा ठगी गरेको मौखिक जानकारी प्रहरीलाई आएको तर भने लिखित उजुरी नआएको दाहालले बताए ।

यौन शोषण र ठगी मुद्दा दर्ता

पक्राउ परेका दुबैलाई यौन शोषण मुद्दा दर्ता र ठगी मुद्दा दर्ता  भएको थियो। उदयपुर जिल्ला अदालतमा थुनछेक बहसमा गरिएको फैसलाले धामी श्रेष्ठलाई बुधवार पुर्पक्षको लागी उदयपुर कारागार लगिएको छ भने
माता भनिने जुनालाई ८५ हजार धरौटी रिहा भएकी छन् ।