धरान : बन्द रहेको धरानको बुढासुब्बा मन्दिरमा आज शनिवार भक्तजनहरूको घुइँचो लागेको छ ।

कोरोनाको कारण मन्दिर बन्द रहेको मन्दिरमा भक्तजनको आज ठुलो भिड लागेको छ। आज पनि धेरै भक्तजनहरू बुढासुब्बा मन्दिरमा पूजा गर्न आएका छन् ।

प्रशासनले कोरोनाको कारण मठ मन्दिर बन्द गरेका कारण धरानको विजयपुरमा रहेका कुनै पनि मठमन्दिर भक्तजनकालागी खुल्ला छैनन् ।

बराहक्षेत्र, भेडेटारको पाथीभरा लगायतका मन्दिर भने खुल्ला रहेको तर भन्दै विजयपुरका मन्दिरहरूलाई प्रशासनले भेदभाव गरेको बुढासुब्बा का प्रेम प्रसाद पराजुलीले बताए ।

Budha-subba-Gate-mai-puja-1