धरान : झापाको भद्रपुर ४ नरसिंह बगानबाट लागुऔषध ब्राउनसुगर सहित दुई भारतिय नागरिक पक्राउ परेका छन ।

पक्राउ पर्नेमा भारत बिहार गलगलिया ४ का १९ बर्षीय महमद जबर र सोही स्थानका ५९ बर्षीय ऐजुब महमद अली रहेका छन । बिशेष सुराकका आधारमा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई आज विहान ११ बजे नियन्त्रणमा लिएको थियो ।

नियन्त्रण पश्चात उनीहरु उपर चेकजाँच गर्दा ५ ग्राम खैरोहिरोईन ब्राउनसुगर फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनिहरु माथि थप अनुसन्धान भइरहेको छ ।