धरान : शारीरिक एंव मानसिक रूपमा असक्त महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय रंगेलीका अनुसार पक्राउ पर्नेमा मोरङको रङ्गेली नगरपालिका ५ बहुवान स्थित कदमगाछि टोल बस्ने २५ वर्षीय बौका भन्ने सुरेन्द्र मण्डल रहेमा छन् ।

मण्डलले गत १२ गते ३५ वर्षकी असक्त महिलालाई एक्लै भएको मौका पारेर धान पराल रहेको बोझामा जबरजस्ती करणी गरेको पीडितको उजुरीमा उल्लेख छ ।

मण्डलमाथि जबरजस्ती करणी मुद्दामा थप अनुसन्धान कार्य भई रहेको इलाका प्रहरी कार्यालय रंगेलीले जनकारी दिएको छ ।