धरान : झापाको शिवसताक्षी नगरपालिका ६ बाट लागु औषध ब्राउनसुगर सहित २ जना पक्राउ परेका छन् ।

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले आइतबार दिउँसो २ बजे २ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा शिवसताक्षी नगरपालिका ४ का २६ वर्षीय श्याम मर्डी र ३५ वर्षीय गङ्गाराम कायस्थ्य रहेका छन् ।

मे ५ प ५०३२ नम्बरको मोटर साइकलमा सवार रहेका दुबैजनालाई रोकेर चेक जाँच गर्दा उनीहरुकोहरुको साथबाट २३ ग्राम लागु औषध ब्राउनसुगर र नगद १ लाख ८४ हजार बरामद भएको थियो । लागु औषध तथा नगद सहित पक्राउ परेका दुवै जनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।