धरान : धरान उपमहानगरपालिकाले आज शोक बिदा दिएको छ ।

धरानका बुद्धिजीवी बिए कृष्णप्रसाद श्रेष्ठको निधनमा उपमहानगरपालिकाले आज शोक बिदा दिएको हो ।

धरान उपमहानगरपालिकाले आज शोक बिदा दिने निर्णय गरेकोले अत्यावश्यक सेवा बाहेक नगर कार्यपालिकाको कार्यालय, मातहतका सबै वडा कार्यालय र स्वास्थ्य कार्यालयहरू बन्द रहने वरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाद्वारा जारी गरिएको सूचनामा उल्लेख गरिएको छ । श्रेष्ठको पार्थिव शरीरको आज नै अत्येष्टी गरिने भएको छ ।

Sok-Bida