धरान : झापाको मेची नगर नगरपालिका ४ का ५० वर्षीय पूर्ण बहादुर प्रधानलाई कुटपिट गरी हत्या गरेको आरोपमा झापा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा स्थानीय २५ वर्षीय दिवस लुङगेली मगर, ५५ वर्षीय प्रेम भनिने बेमा दोर्जी तामाङ र २८ वर्षीय विशाल तामाङ रहेका छन् ।

गत असोज १४ गते सामान्य वादविवादको विषयलाई लिएर यो तिन जनाको समूहले प्रधानलाई निर्घात कुटपिट गरेको र प्रधानको उपचारको क्रममा मङ्सिर १४ गते राती साँढे ९ बजे मृत्यु भएको थियो ।

घटनाको जानकारी पाए लगत्तै इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले घटनामा संलग्न रहेका तिनै जनालाई पक्राउ गरी थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ ।