धरान : धरान उपमहानगरपालिकामा सोमबार साँझ १७ जना कोरोना संक्रमित थपिएका छन् ।

धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताका अनुसार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हेल्प डेस्क र आइतबार एन्फा क्वारेनटाइनमा लिइएको ४० जनाको स्वाब मध्येबाट १७ जनाको कोरोना पोजेटिभ रिपोर्ट आएको हो ।

यो सँगै धरानमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या ३,४४३ पुगेको छ भने धरानमा मात्रै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ७१ पुगेको छ ।