धरान : धरानमा आज थप १५ जना कोरोना संक्रमित थपिएका छन् ।

धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताका अनुसार हिजो एन्फा क्वारेनटाइनमा २२ जनाको लिइएको स्वाब र बीपीको हेल्प डेस्कमा लिइएको स्वाबको नमुना मध्येबाट १५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

यो सँगै धरानमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या ३४५८ पुगेको छ ।