धरान : सवारी ज्यान मुद्दाका फरार प्रतिबादीलाई १५ बर्ष पछि प्रहरीले पक्राउ गरेकोे छ ।

सवारी ज्यान मुद्दाका फरार मोरङ ग्रामथान २ का ३३ बर्षीय वलराम सरदारलाइ जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

२०६२ साल मंसिर १९ गते सरदारले चलाएको कस्तुरी उच्च माध्यमीक विद्यालय इटहरीबाट संचालित ना २ ख ६० नम्बरको बस सुनसरी मधेशा ४ राजमार्गमा दुर्घटना हुदा बसमा सवार रहेकी छात्रा १८ बर्षीया लक्ष्मी श्रेष्ठको मृत्यु भएको थियो । बस दुर्घटना पश्चात फरार रहेका सरदारलाइ मंगबार पक्राउ गरी उनि माथि कानुनी कारबाही अगाडी बढाईएको छ ।

यसै गरी जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले ठगी र नकवजनी चोरी मुद्दाका तिन जना फरार प्रतिबादीहरुलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ठगी मुद्दाका विराटनगर ६ का ५३ बर्षीय सकिल खान रहेका छन भने नकवजनी चोरीका विराटनगर १ का ३० बर्षीय लाले राय सहनी र सोही स्थानका ४८ बर्षीय दिपेश राय सहनी रहेका छन । उनिहरु २०७३ साल असार २४ गते बाट फरार रहेका थिए ।