धरान : सुनसरीको भोक्राहा नर्सिङ गाउँपालिका ८ बस्ने १० बर्षीया रेहना खातुनको ट्याक्टरको ठक्करबाट मृत्यु भएको छ ।

आज बिहान पौने १० बजे भोक्राहा नर्सिङ गाउँपालिका ८ स्थित भित्री सडक खण्डमा को २ त २०२३ नम्बरको ट्याक्टरले को ११ प १२०० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल पछाडि सवार रहेकी बालिका खातुनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

ठक्कर दिने ट्याक्टर र चालक सुनसरी गढी २ का ३५ वर्षीय अनिल उराउलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।