धरान : नेपाल चलचित्रकर्मी महासङ्घ प्रदेश नं १ ले गायक सुरेश गन्धर्वलाई नगद रकम ५८ हजार ५ सय रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ ।

महासङ्घका अध्यक्ष अरुण कुमार प्रधानका अनुसार डोनेसन बक्स राखी लोक गायक सुरेश गन्धर्व को लागि आर्थिक सङ्कलन पनि गरिएको थियो ।

डोनेसन बक्स बाट सङ्कलन भएको रकम १३ हजार, समाजसेवी मिना सिंगक तथा नायिका तथा मोडल रेखा लिम्बु मार्फत दिप्लक सुब्बाको तर्फ बाट २० हजार, किशोर पन्धाक र सीता तुम्बापोको तर्फबाट २० हजार र सन्तोष लिम्बू तिल्लिङको तर्फबाट ५ हजार ५ सय गरी गरी जम्मा ५८ हजार ५ सय बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत लोक गायक सुरेश गन्धर्वलाई प्रदान गरिएको छ ।

यसै गरी धरान-८ को लांघाली सामुदायिक भवनमा आश्रित ६५ जना लाई खाजा वितरण पनि गरिएको छ ।

प्रदेश नं १ मा आबद्ध चलचित्रकर्मीहरूलाई एकबद्ध बनाउने उद्देश्यले गठित महासङ्घका अध्यक्ष अरुण प्रधानले भने “हाम्रो दैनिक जीवन भन्दा पनि फरक जीवन अरू कसैको हुन सक्छ र त्यो फरक जीवन बुझ्नको लागि पनि हामीले यस्ता आश्रममा गएर त्यहाँ रहेका व्यक्तिहरूको बारेमा बुझ्नु जरुरी छ । हामीले त्यो जीवन बारे बुझाउनको लागिनै आज यस स्थानमा कार्यक्रम गरेका हौ ।

प्रधानले आगामी दिनमा बर्थडे, एनिभर्सरी जस्ता घरमा आयोजना गरिने कार्यक्रम यस्ता आश्रममा गएर मनाउँदै यस्ता पीडितहरूको सेवा गर्नको लागि सम्पूर्ण चलचित्रकर्मी हरूलाई आग्रह समेत गरे ।

Langhali