धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेका गायक सुरेश गन्धर्वको स्वास्थ्यमा सुधार आएकाले  घर फर्किएका छन् ।

दीर्घ रोगी भएका गन्धर्व आर्थिक अवस्था कमजोर भएकै कारण उपचार नपाएर थलिएका थिए । बिरामी गन्धर्वलाई रंगभूमि एकेडेमीका कलाकार विष्णु मोक्तान र नेकपा नेता चोत्लुङ मेन्याङबो र सञ्चारकर्मी संजिता धमलाले मङ्सिर ९ गते उनलाई प्रतिष्ठानको ट्रपिकल वार्डमा उपचारका लागि भर्ना गराएका थिए ।

प्रतिष्ठानमा भर्ना भएको खबर सुनेर उनलाई देश विदेशका नेपालीहरूले सहयोग गर्दै आइरहेका छन् । अहिले सम्म २ लाख ९० हजार आर्थिक सहयोग सङ्कलन भएको छ ।

एविसी टेलिभिजनका कृष्ण कँडेलको इन्द्रेणी टिमले ८१ हजार, चलचित्रकर्मी महासङ्घ १ नं प्रदेशले ५८ हजार ५ सय, ललितकर्मीले ४२ हजार ६ सय ६६, तरुण दल धरानले ११ हजार २ सय ५५, धरान सङ्गीत प्रतिष्ठानले १२ हजार ५ सय १० रुपैयाँ सहयोग गरेको थियो ।

मेघा बैङ्क धरानले ४ हजार, १३ नं का वडाध्यक्ष नेत्र काफ्ले ५ हजार ,दीपक घिसिङले ५ हजार, हङकङ नेपाली यूथले १५ हजार ,राजकुमार राईले ५ हजार, नायिका रेखा लिम्बु र मिना सिङगकले ५ हजार सहयोग गरेका थिए ।

अन्य ५० हजार कलाकार चित्रकार नेता आदीले बैङ्कमा खोलिएको खातामा पैसा जम्मा गरी दिएका थिए । यसै गरी अस्पतालमा पुगेर नगद सहयोग गरेका थिए ।

धरान उपमहानगरपालिकाका मेयर तिलक राई र उपमेयर मञ्जु भण्डारीले अपतालमै गएर भेटेर सहयोगको प्रतिबद्धता जनाएका थिए ।