धरान : धरान उपमहानगरपालिकामा थप १५ जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै धरानमा कुल सङ्क्रमितको सङ्ख्या ३४७३ पुगेको छ ।

धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताले दिएको जानकारी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको हेल्प डेस्कमा लिइएको स्वाबको नमुना मध्येबाट १५ जनामा कोरोना पोजेटिभ रिपोर्ट आएको हो ।