धरान : उदयपुरको कटारी नगरपालिका ८ स्थित सौर्य सिमेन्टको खानी क्षेत्रमा गए राति बम विस्फोट भएको छ भने चार जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी भिमबहादुर दाहालका अनुसार गए राती बम विस्फोट हुँदा भाग्ने क्रममा चार जना मजदुर घाइते भएका हुन् । मजदुरहरु भाग्नेक्रममा लडेर घाइते भएका हुन् । ’

बम विस्फोट कसले गराएको ? किन गराएको भन्ने बारे अज्ञात रहेको प्रहरी प्रमुख एसपी दाहालले बताए ।
घाइते चारैजनलाई कटारी अस्पताल लगिएको र घाइतेको अवस्था सामान्य रहेको छ । घटना स्थलमा ‘प्रहरीको टोली जाँदै छ,’ उनले भने, ‘प्रहरीको टोली पुगे पछि सम्पूर्ण विवरण आउँछ ।’