पत्रकार माथि आक्रमण गर्ने मालपोत कार्यालय दमकका खरदार राजवंशी पक्राउ

  • मंसिर १९, २०७७
  • ४६७ पटक पढिएको
  • कपुरी न्यूज
alt

झापा : पत्रकारमाथि आक्रमण गर्ने मालपोत कार्यालय दमकका खरदार इन्द्र राजवंशी पक्राउ परेका छन् ।

मङ्गलवार अपराह्न करिब ४ बजे मालपोत कार्यालय दमकमा शिवसताक्षीका सेवाग्राही सुरेश साहले मालपोत कार्यालयका खरदार इन्द्र राजवंशीलाई दश हजार रुपैयाँ घुस दिएको भिडियो खिचिरहेको अवस्थामा लछारपछार गर्दै कार्यालय प्रमुखको कार्यकक्षमा लगी पत्रकार खगेन्द्र घिमिरे , क्यामेरा पर्सन भास्कर श्रेष्ठ र सेवाग्राही साहलाई हुल हुज्जत गरी क्यामेरा खोस्ने र कुटपिट उनले गरेका थिए ।

सो घटनाको नेपाल पत्रकार महासङ्घ झापा शाखा लगायतका सङ्घ सङ्गठनले घोर निन्दा र भर्त्सना गरेका थिए ।

खरदार राजवंशीलाई इलाका प्रहरी कार्यालय दमकले आज बिहान पक्राउ गरेको र आवश्यक कारबाही अगाडी बढाएको इलाका प्रहरी कार्यालय दमकका प्रमुख डिएसपी विजयराज पण्डितले बताए ।

सम्बन्धित समाचार

सम्पर्क

न्यूजईस्ट मिडिया प्रा. ली.

धरान - १२, महेन्द्र पथ, सुनसरी, नेपाल

  • कम्पनी दर्ता प्रमाणपत्र नं.: १७३२५२/०७४/०७५
  • स्थायी लेखा नं.: ६०६९०३०७३
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: १४०४/०७५-७६

विज्ञापनका लागि

९८४२२७५७३०, ९८०२०७५७३०

Email: [email protected]

[email protected]

  • अध्यक्ष तथा प्रबन्ध निर्देशक मात्रिका प्रसाद नेपाल
  • कार्यकारी सम्पादक भैरब आङ्ला
  • संवाददाता संजिता धमला (धरान)
  • केशवराज भण्डारी (बिर्तामोड)

Copyright © 2018 / 2021 - Kapurinews.com All rights reserved