झापा : झापामा ठुलो मात्रमा ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका-६ बस्ने २५ वर्षीय आशिष् थापा र बुद्धशान्ति गाउँपालिका-२ बस्ने २२ वर्षीय प्रिन्स खनाल रहेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिएका छन् ।

इलाका प्रहरी कार्यालय अनारमनि र लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले विशेष सूचनाको आधारमा उनीहरूलाई छुट्टाछुट्टै स्थानबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार बिर्तामोड नगरपालिका–५ स्थित बिहानी टोलबाट प्र-१-०१-०१३ प २७०१ नम्बरको मोटरसाइकलमा सवार थापालाई ९ दशमलव ५ ग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको हो ।

त्यस्तै अर्जुनधारा-९ स्थित प्रणामी मन्दिर नजिकबाट मे ५ प ९२५६ नम्बरको मोटरसाइकलमा सवार खनालको साथबाट ३९ ग्राम ब्राउन सगुर बरामद गरिएको डिएसपी थापाले बताए ।

दुवै जनाबाट ४८ दशमलव ५ ग्राम ब्राउन बरामद भएपछि दुवै जनालाई पक्राउ गरी आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय अनारमनिमा राखिएको जनाइएको छ । पछिल्लो समयमा झापामा लागुऔषधको कारोबार गर्ने गिरोह सक्रिय भएसँगै प्रहरीले त्यसतर्फ सक्रियता बढाएको हो ।