धरान : लागु औषध ब्राउन सुगर सहित धरानमा एक जना पक्राउ परेका छन् ।

बिहीबार साँझ धरान २ स्थित बसपार्कबाट मोरङको पथरी शनिश्चरे नगरपालिका ४ शुक्रबारे बस्ने २६ वर्षीय सुनिल राईलाई लागु औषध ब्राउन सुगर सहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

उनको साथबाट लुकाई छिपाई राखेको अवस्थामा २ ग्राम लागु औषध ब्राउन सुगर फेला परेको थियो ।
उनलाई शुक्रवार जिल्ला अदालत सुनसरीमा म्याद थप गरी अनुसन्धान सुरु गरिएको धरान प्रहरीले जनाएको छ ।