धरान : नेपाल रेडक्रस सोसाइटी सुनसरी जिल्ला शाखाको ४६औँ जिल्ला शनिवार सम्पन्न भएको छ ।

४६ औँ जिल्ला सभामा सुनसरी रेडक्रसले गत आर्थिक वर्ष २०७६/०७७ को अवधिमा सम्पन्न गरेका मानवीय सेवाका गतिविधिहरू चर्चा गरिएको थियो ।

नेपाल रेडक्रस सोसाइटी सुनसरीबाट सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा ३ हजार २ सय ८६ जनाले एम्बुलेन्स सेवाबाट लाभान्वित भएको उल्लेख छ भने १ सय ६१ सङ्घ संस्थाले गरेको रक्तदान कार्यक्रममा ९ हजार १ सय १ पिन्ट रगत सङ्कलन उल्लेख गरिएको छ ।

स्थानीय सरकारले स्थापना गरेका क्यारेन्टाइनमा २ सय २५ कम्मल, ९४ वटा त्रिपाल, २ वटा बाल्टी, ९० हाइजिङ किट र १ सय १० वटा म्याट सहयोग गरेको रेडक्रसले जनाएको छ । कोरोना भाइरस (कोभिड-१९) का कारण निधन भएका ब्यक्तीहरुलाई शव प्याकिगं ब्याग समेत रेडक्रसले दिएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख आतिथि प्रदेश नं. १ का सभामुख प्रदीप भण्डारीले जिल्लाका रक्तसञ्चार सेवालाई थप प्रभावकारी बनाउने, पारदर्शिता, जवाफदेहीताका लागि सार्वजनिक लेखा परीक्षण जस्ता प्रभावकारी औजार प्रयोग गर्ने, प्रत्येक निर्णायक तहमा महिला सहभागिता बढाउने र दक्ष जनशक्तिको बढोत्तरी गर्दै लैजानुपर्ने बताएका थिए ।

कार्यक्रमका धरानकी उपप्रमुख मञ्जु भण्डारी सुवेदी, सुनसरीका प्रमुख जिल्ला अधिकारी फडिन्द्र मणि पोखरेल, जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर सुवास भट्टराई निवर्तमान सङ्घीय सांसद मिना सुब्बाको विशिष्ट आतिथ्यमा र पूर्व उपाध्यक्ष सरला कायस्थ, पूर्व केन्द्रीय सदस्य टोम प्रसाद आचार्यको अतिथिमा सभा सम्पन्न भएको थियो ।