दमक : झापाको दमकमा ट्रकको ठक्करबाट एक साइकल यात्री गम्भीर घाइते भएका छन् ।

पूर्व पश्चिम राजमार्ग अन्तरगत दमक नगरपालिका-४ कृष्ण मन्दिर नजिकै आइतबार साँझ ट्रकले ठक्कर दिँदा दमक-४ जनचेतना टोल बस्ने ३६ वर्षीय कृष्ण ओझा घाइते भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

प्रहरीका अनुसार पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १ क २८७७ नम्बरको ग्यास बोकेको ट्रकले उत्तरबाट दक्षिणतर्फ बाटो काट्दै गरेको साइकल यात्री ओझालाई ठक्कर दिँदा उनी सडकमै लडेका थिए ।

त्यसपछि सोही दिशाबाट आउँदै गरेको ना ४ ख १४४८ नम्बरको ट्रकले पुनः उनलाई ठक्कर दिएको थियो ।

दुर्घटना परी घाइते ओझालाई थप उपचारको लागि बिर्तामोडस्थित बिएण्डसी हस्पिटल लगिएको प्रहरीले जनाएको छ ।

प्रहरीले ठक्कर दिने दुवै ट्रकलाई नियन्त्रणमा लिएको छ ।