धरान : धरानमा पछिल्लो समय बालबालिकाहरू छरछिमेकबाट मात्रै नभई घर परिवारका सदस्यहरूबाट नै असुरक्षित बन्दै जान थालेका छन् ।

इलाका प्रहरी कार्यालय धरानका अनुसार धरान १७ स्थित फोकल्याण्ड टापुमा आफ्नै हजुरबुबाबाट नातिनी बलात्कृत भएको घटनाका जानकारी दिएको छ ।

६१ वर्षीय पुरुषले ११ वर्षीय आफ्नै छोरी तर्फको नातिनीलाई घरमा कोही नभएको मौका छोपेर जबरजस्ती गरेको प्रहरीले जानकारी दिएको छ ।

पीडित बालिकाले जबरजस्ती करणी गरेको जाहेरी प्रहरीमा दिएपछि निजलाई पक्राउ गरी आइतबार सुनसरी जिल्ला अदालतबाट जबरजस्ती करणी मुद्दामा म्याद थप गरी अनुसन्धान कार्य भइरहेको धरानका इन्स्पेक्टर हेमराज ओलीले जानकारी दिए ।

नातिनीलाई विभिन्न डर धम्कीपूर्ण व्यवहार देखाउँदै यौन शोषण गर्ने गरेको र बालिकामा फरक व्यवहार देखिएपछि घटनाको रहस्य पर्दाफास भएको हो ।