झापा : झापाको दमकमा हिजो साँझ ट्रकको ठक्करबाट गम्भीर घाइते भएका साइकल यात्रीको उपचारको क्रममा मृत्यु भएको छ ।

पूर्व पश्चिम राजमार्ग अन्तर्गत दमक नगरपालिका ४ कृष्ण मन्दिर नजिकै हिजो साँझ ट्रकले ठक्कर दिँदा दमक ४ जनचेतना टोल बस्ने ३६ वर्षीय कृष्ण ओझा घाइते भएका थिए । उनको उपचारको क्रममा विएण्डसी हस्पिटलमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको को १ क २८७७ नम्बरको ग्याँस बोकेको ट्रकले उत्तरबाट दक्षिणतर्फ बाटो काट्दै गरेको साइकल यात्री ओझालाई ठक्कर दिँदा उनी सडकमै लडेका थिए ।

त्यसपछि सोही दिशाबाट आउँदै गरेको ना ४ ख १४४८ नम्बरको ट्रकले पुनः उनलाई ठक्कर दिएको थियो ।
प्रहरीले ठक्कर दिने दुवै ट्रकलाई नियन्त्रणमा लिएको छ ।