धरान : धरान ७ मा कृषकको उत्पादनलाई बजारीकरण गर्ने उद्देश्यले निजी स्तरबाट स्थापना भएको शुभम् कृषि उपज बजारको आज उद्घाटन भएको छ ।

बजारको उद्घाटन प्रदेश नं १ का सभामुख प्रदीप कुमार भण्डारीले रिबन काटेर शुभम् कृषि बजारको उद्घाटन गरेका थिए ।

कृषि उपजलाई सहज रूपमा सुपथ मूल्यमा उपभोक्ताको भान्सामा पुर्‍याउने उद्देश्यले कालोबजारी तथा बिचौलियाको न्यूनीकरण गर्ने उद्देश्यले निजी लगानीमा बजार खुलेको व्यवस्थापनका अध्यक्ष काजी गिरीले बताए ।

निश्चल पलिखे , भरत मोहन पलिखे र सुनिल शेखर श्रेष्ठको नाममा रहेको ५ कठ्ठा जग्गामा ७६ लाखको लगानमिा सो बजार निमार्ण गरिएको हो । ५८ वटा स्टिलहरु रहेका छन् भने चैत सम्म सम्पूर्ण व्यापारीहरुले १५ प्रतिशत छुट पाउने छन् ।

गिरीले नेपाल कृषिप्रधान मुलुक भए पनि कृषि उपज किन्दा बिचौलियालाई चर्को मूल्य तिर्न बाध्य भएको भन्दै किसानले आफैँ आएर आफ्नो कृषि उपज बेच्न पाउने व्यवस्था यो बजारमा रहेको बताए । उनले भने, ‘यहाँ ल्याउन नसक्ने व्यवसायी साथीहरूका लागि हामी आफैँ किसानको खेतबारीमा पुगेर सङ्कलन गरेर उपलब्ध गराउँछौँ ।’

उद्घाटन समारोहमा बोल्दै सभामुख भण्डारीले कृषि क्षेत्रका श्रमिकलाई सम्मान गर्ने वातावरणको विकास गर्दै जानुपर्ने बजार खुल्नु भन्दा पनि स्थायित्व हुनुपर्ने, फोहोरजन्य व्यवस्थापनलाई गम्भीर रूपमा लिनुपर्ने बताए ।

उनले भने आज पनि वास्तविक किसानहरूले उत्पादन गरेका तरकारी फलफूलको उचित मूल्य र स्थान नपाएर पिपलको छेउमा डोको बोकेर बेचिरहेका छन् । धरान महंगो भन्दै दाल चिनी किन्न धरान बाहिर गएका छन् ।

त्यसैले उपमहानगरपालिकाको सबै वडामा यस्तै स्थानीय उत्पादन र बिक्री वितरणका बजार विस्तार गर्ने समेत उनले सभामुख भण्डारीले बताए । अन्त्यमा निजी लगानीमा खुलेको धरानको एकमात्र नमुना रहेको बजारको एकताको डोरी लामो र मजबुत बनोस् भन्दै शुभकामना समेत दिए ।

यो कृषि बजारमा डोकोमा बोकेर हिडने किसान तथा व्यापारीहरूलाई निःशुल्क बिक्री वितरण गर्न दिइने बताइएको छ । ५८ वटा स्टलमा तरकारी, फलफूल, मासु, डेरी देखि कस्मेटिक सम्मका सामान पाइने बताइएको छ ।

Krishi-Bajar-2