धरान : सङ्खुवासभाबाट आउँदै गरेको यात्रुवाहक बस सोमबार साँझ भेडेटार नजिकै दुर्घटना हुँदा ४ जना घाइते भएका छन् ।

सङ्खुवासभाबाट झापाको दमक चल्ने ना ५ ख ९० नम्वरको यात्रुवाहक बस भेडेटार देखि केही तल धरान झर्ने बाटोमा सडक देखि केही तल खसेको प्रहरीले बताएको छ ।

दुर्घटनामा परेका ४ जना घाइतेहरूको उद्दारगरी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएको छ । घाइते हुनेहरूमा मोरङको सुन्दरहरैचा बस्ने ३० वर्षीय राजन बास्कोटा, मोरङको मृगौलियाका २२ वर्षीय चन्द्र दाहाल, वसन्तपुर ३ तेह्रथुमका १९ वर्षीय खेमराज पौडेल र इटहरी ४ बस्ने ५२ वर्षीय सन्तकुमार लिम्बु रहेको प्रहरीले जनाएको छ ।

घाइते सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।