दमक : झापाको दमक स्थित भुटानी शरणार्थी शिविरमा गए राति आगलागी हुँदा एक जनाको ज्यान गएको छ । 

शिविर प्रमुख सुरेन्द्रराज दाहालका अनुसार मृत्यु हुनेमा शिविरको सेन्टर डी छाप्रा नम्बर ३२५ का ७६ वर्षीय देशमान राई रहेका छन् । मृतक शारीरिक रूपमा अपाङ्गता भएका ब्यक्ती रहेको खुल्न आएको छ । त्यसै कारण पनि उनी घरमा आगो लाग्दा समेत भाग्न नसके पछि घरभित्रै जलेका थिए । 

प्रहरीका अनुसार सो घरमा बसिरहेका अन्य दुई जनाले भने भागेर ज्यान जोगाएका थिए । आगो सशस्त्र प्रहरी बल बेलडाँगी बेस क्याम्पका जवानहरूले नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ । आगो के कारणले लागेको हो भन्ने बारेमा अहिले कुनै जानकारी प्राप्त भएको छैन ।