धरान : हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको सामान्य प्रभाव रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली रही देशका अन्य भू भागहरूमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ र गण्डकी प्रदेशको एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

हाल देशको पहाडी भू९भागमा आंशिक बदली रहेको छ भने तराई भू-भागमा हुसु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Dharanma-HUssu

पौष २९ गते (बुधवार)
दिउँसो : प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली रही देशका अन्य भू-भागहरूमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ र गण्डकी प्रदेशको एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

राती : प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली रही सुदूरपश्चिम प्रदेशको तराईका भू-भागमा आंशिक बदली रहनुका साथै देशका अन्य भू९भागहरूमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ र गण्डकी प्रदेशको एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

माघ १ गते (बिहीबार)
दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश नं १ र गण्डकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका अन्य भू-भागहरूमा मौसम सामान्यतया सफा रहनेछ ।

राती : देशभर आंशिक देखि सामान्य बदली रहनेछ । प्रदेश नं १ र गण्डकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको ।

माघ २ गते (शुक्रवार)
दिउँसो : सुदूरपश्चिम तथा कर्णाली प्रदेशमा आंशिक देखि सामान्य बदली रही प्रदेश १ का पहाडी भू-भागमा आंशिक बदली रहनेछ।

देशका अन्य भू९भागहरूमा मौसम सामान्यतया सफा रहनेछ । सुदूरपश्चिम प्रदेशको उच्च हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ ।

राती : प्रदेश १ मा आंशिक देखि सामान्य बदली रही देशका अन्य भू-भागहरूमा मौसम सामान्यतया सफा रहनेछ ।

देशको विभिन्न भू-भागमा तापक्रममा हल्का गिरावट आउनुको साथै तराईका धेरै भू-भागहरूमा बिहानको समयमा बाक्लो हुस्सु र कुहिरो समेत लाग्ने भएकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।