धरान : भोलि माघ १ गते अर्थात् मकर सङ्क्रान्ति, माघे संक्रान्तीलाई तरुलको पर्व पनि भनिन्छ । तर यस पटक माघे सङ्क्रान्तिमा धरानमा तरुल कम मात्रै बजारमा आयत भएको छ ।

कृषि उपज बजार स्थलका व्यवस्थापक लक्ष्मण भट्टराईका अनुसार गत वर्षको तुलनामा यस पटक धरानमा ४० प्रतिशतले कम तरुल आयत भएको छ भने ४० प्रतिशतले तरुलको भाउ पनि आकासिएको छ ।

Tarul-7

धरान-१३ को कृषि उपज बजार स्थलमा विगतका वर्षहरूमा माघे सङ्क्रान्ति अघि प्रदेश १ का पहाडी जिल्लाहरूबाट बन तरुल, घर तरुल पर्याप्त आउने गर्दथ्यो ।

तर यस पटक उत्पादन पनि कम भएकोले कम तरुल आयत भएको व्यवस्थापक भट्टराई बताउँछन् । उनी भन्छन्, काठमाण्डौबाट घर तरुल लिन व्यापारी आएका थिए तरुल नभेटेर फर्सी लिएर फर्किए ।

Tarul-4

धरान बजारमा कम तरुल आयत भए पछि बजारमा पनि तरुलको भाउमा मनोमानी भएको छ । बन तरुल पावाको १ सय सम्ममा बिक्री भइरहेको छ भने अरू तरुल पनि महँगोमा बिक्री भइरहेको छ ।

Tarul-2

धरानको भानुचौक पश्चिमको सब्जी मन्डी र धरान-३ को सब्जी मन्डीमा आज तरुल बिक्री गर्ने व्यापारीको घुइँचो बढेको छ भने तरुल खोज्दै बजार पुग्ने उपभोक्ताको पनि घुइँचो छ । बजारमा सिमल तरुल भने पर्याप्त आएको छ ।

Tarul-3