धरान : मोरङको ग्रामथान गाउँपालिका ७ का ३३ वर्षीय मनोज साह सुन्दरहरैचा नगरपालिका ११ बेलेपुर स्थित झरना खोलामा डुबिरहेको अवस्थामा मृत फेला परेका छन् ।

आज दिउँसो साँढे १२ बजेको समयमा उक्त स्थानमा मानिस डुबी मृत अवस्थामा फेला परेका थिए । घटना स्थलमा इलाका प्रहरी कार्यालय बेलबारीबाट प्रहरी पुगेको थियो ।

मृतक साहको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।