धरान : सुनसरीको रामधुनीको पूर्वपश्चिम सडक खण्डमा यात्रुवाहक बसले ठक्कर दिँदा एक जना पैदल यात्रीको मृत्यु भएको छ ।

गए राति साढे आठ बजे रामधुनी १ मा काँकडभिट्टा बाट बिरगंज तर्फ जाँदै गरेको ना ५ ख ५२३६ नम्बरको बसले पैदल यात्री तत्काल नाम थर वतन नखुलेकी माग्दै हिडने वर्ष ५५ / ६० कि महिलालाई ठक्कर दिँदा घटना स्थल मानै मृत्यु भएको प्रदेश १ ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

बस तथा चालक सर्लाही हरिवन १० बस्ने वर्ष ३१ को सोम प्रसाद न्यौपाने ट्राफिक प्रहरी कार्यालय इनरुवाको नियन्त्रणमा रहेका छन् । पैदल यात्री अचानक आई बसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले बताएको छ ।