झापा : झापाको बुद्धशान्ति गाउँपालिका ३ बाट लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ परेका छन् ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टा खटिएको प्रहरी टोलीले स्थानीय ४१ वर्षीय दिनेश कुमालाई ४ ग्राम लागूऔषध ब्राउनसुगर र नगद ४ हजार सहित तथा ४३ वर्षीय शेषराज सापकोटालाई १० ग्राम ब्राउनसुगर, कोडिन ३ बोतल,नाईट्रोजन २० चक्की,डिजिटल तराजु १ थान र मोवायल थान २ सहित शुक्रवार दिउँसो पक्राउ गरेको हो ।

पक्राउ परेका दुवै जनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।