चतरा : नेपाली काँग्रेस वराहक्षेत्रका युवा नेता वडा नं १० कार्य समितिका उप-सभापति तेजबहादुर गुरुङले वडामा रहेका न्यून आय तथा विपन्न परिवारको घर-घरमा पुगेर माघे
सङ्क्रान्ति लक्षित परिकारको खाद्य सामाग्री उपहार स्वरूप वितरण गरेका छन् ।

लकडाउनमा खाद्यान्न, मास्क, साबुन, स्यानिटाइजर बोकेर घर-घर पुगेका तेजबहादुरले बिहीबार बिहान नै माघे सङ्क्रान्तिका दिन प्रति परिवार आदी केजी तिल र आदी केजी सख्खर लिएर ५६ परिवारलाई वितरण गरेका हुन् ।

बराहक्षेत्र-१० मा रहेको लालवस्ती लगाएका टोलमा रहेका विपन्न परिवारकोमा पुगेर व्यक्तिगत रुपमा सहयोग गरेको तेजबहादुरले बताए । अती विपन्न तथा न्यून आय भएका प्राय: दलित तथा बिछडावर्ग परिवारलाई तिल र सख्खर वितरण गरेका हुन् ।

चाडपर्वमा थोरै भए पनि सहयोगले सानाछोराछोरीको मुहारमा खुसी छावोस भन्ने उदेश्यले सहयोग गरेको र यसरी सहयोग गर्दा आफुलाई खुशि मिल्ने तेजबहादुर बताउछन् ।