धरान : धरान १४ विजयपुरमा सडक किनारामा बस्दै आएकी एक महिलाको आज उद्धार गरिएको छ ।

करिब २ महिना देखि विजयपुरको सडक किनारामा जहीतही बस्दै आएकी अन्दाजी ४५, ५० वर्षीय तराइबासी एक महिलाको आज १४ नम्बर वडा सदस्य शोभा पुलामी राईको पहलमा धरान उपमहानगरपालिकाको नगर प्रहरीले उद्धार गरेका हुन् ।

विजयपुरको सडक किनारामा बस्दै आएकी थिइन भने उनलाई स्थानीयले खानेकुरा दिँदै आएका थिए । उनलाई उद्धार गरेर इटहरीको माया घर पठाइएको छ ।

Uddar-2 Uddar-6