विराटनगर : नेपाल कम्युनिस्ट पार्टी दाहाल-नेपाल समूहले प्रदेश १ अध्यक्षको जिम्मेवारी घनेन्द्र बस्नेतलाई दिएको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा शुक्रवार बसेको स्थायी कमिटी बैठकले यसअघि मोरङ इन्चार्ज रहेका बस्नेतलाई प्रदेश कमिटीको अध्यक्षको जिम्मेवारी दिएको हो ।

प्रदेश अध्यक्ष देवराज घिमिरे ओली पक्षमा लागेपछि बस्नेतलाई जिम्मेवारी दिइएको हो ।

बैठकले राम कार्की, राजेन्द्र राई र जयन्ती राईलाई सहईञ्चार्ज बनाउने निर्णय गरेको छ । प्रदेश कमिटीका इन्चार्ज भीम आचार्य, सह-इन्चार्ज सावित्रीकुमार काफ्ले र नरेश खरेल तथा सचिव सुरेशकुमार राई दाहाल-नेपाल पक्षमै छन् ।