धरान : जनता मिडिया हबद्वारा धरान १८ मा बाल भित्ते पत्रिका लेखन तालिम सम्पन्न भएको छ ।
धरान १८ को सहयोगमा आज आयोजित एक दिने तालिममा हबका अध्यक्ष सञ्चारकर्मी देवेन्द्र कार्कीले सहजीकरण गरेका थिए । धरान १८ का विभिन्न विद्यालयहरूका विधार्थीहरूलाई सहजीकरण गर्दै सफल बन्नका लागी अध्ययन गर्न जरुरी रहेको बताउँदै अतिरिक्त क्रियाकलापहरूमा समेत सक्रिय सहभागी रहन जानकारी गराएका थिए ।
कार्कीले भित्ते पत्रिकाको चिनारी र उद्देश्य, प्रकाशित हुने सामग्री तथा जानकारीहरू, पत्रकारीताका आधारभूत सिद्धान्तहरू लगायतको सैद्धान्तिक सिप सिकाएका थिए ।
तालिम सम्पन्न पछि ३ समूह निर्माण गरिएको थियो । उक्त समूहहरूले एक सातामा भित्ते पत्रिका तयार गरी वडामा बुझाउनु पर्ने हुन्छ । पत्रिका प्रकाशित गर्ने उत्कृष्ट एक समूहलाई पुरस्कृत गरिने तालिम संयोजक नेपाल फोटो पत्रकार महासङ्घ सुनसरीका अध्यक्ष विकास चाम्लिङले जानकारी गराए ।
तालिममा २० जना विद्यार्थीहरू सहभागी भएका थिए । तालिममा धरान १८ का महिला तथा बालबालिका संयोजक जमुना त्रिखत्री मोक्तान, धरान १८ का बाल सञ्जाल अध्यक्ष मोनिका श्रेष्ठ, नेपाल फोटो पत्रकार महासङ्घ सुनसरीका सदस्य सञ्जय याक्खा लगायतको उपस्थिति रहेको थियो ।
Copyright © 2018 / 2021 - Kapurinews.com All rights reserved