धरान : रंगभुमी एकेडेमी धरानले प्रधानमन्त्रीको कदम विरुद्ध मौन सडक नाटक प्रतिगमनको मञ्चन शुरु गरेको छ ।

धरानका विभिन्न स्थानमा पुगेर मञ्चन हुने यो नाटकमा कुनै संवाद छैन । नाटक मौन छ संवाद बोलिँदैन सबै साङ्केतिक मात्रै छ ।

Natak-2

यो नाटकको मुख्य भाव देशमा न्याय हराइपछिको अवस्था र शक्ति सर्वोच्चतामा पुग्दा अर्को विधि लाद्न खोज्दा जस्तै अहिलेको वर्तमान नेपाली राजनीतिक अवस्थाको कथा बस्तु समेटिएको नाटकका लेखक तथा निर्देशक रंगभुमि एकेडेमीका विष्णु मोक्तानले बताए ।

रंगभुमि एकेडेमीका विष्णु मोक्तानको लेखन, निर्देशन रहेको सन्देशमूलक नाटक ’प्रतिगमन विरुद्धको आवाज’ शुक्रवार पहिलो पटक धरान १७ को रेल्वे चौकमा मञ्चन भयो । त्यस पछि धरानको मङ्गलबारेमा यो नाटक मञ्चन भयो ।

Natak-3

यसै गरी शनिवार धरानको गणेशमान चौकमा बिहान रत्न चौक र पिण्डेश्वरी चौकमा मञ्चन हुने नाटकका लेखक तथा निर्देशक मोक्तानले बताए । यो नाटक ३ दिनको तयारी पछि नाटक सडकमा मञ्चनमा ल्याएको हो ।

नाटकमा हरि इवाहाङ, निश्चल कुलुङ, करिष्मा क्षेत्री, शुष्मा राई, गोमा पौडेल, अभिषेक खतिवडा, कृति लिम्बु, मिलन चाम्लिङ, मिलन भुजेल, महेश राई लगायतका कलाकारहरूले अभिनय गरेका छन् । मुलुकको विषम राजनीतिक परिवेशसँग जोडिएर प्रतिमन विरुद्ध सचेतना फैलाउने उद्देश्यले यो नाटक मञ्चन सुरु भएको हो ।

यो नाटक अरू नाटकहरूको तुलनामा बेग्लै किसिमको र हुन सक्छ धरानमै पहिलो पटक संम्वाद विनाको साङ्केतिक नाटक भएको दाबी गरिएको छ ।

धरानको विभिन्न ठाउहरुमा मञ्चन गरीसकेपछि यो नाटकको समापन फल्गुण २ गते धरानको भानुचौक स्थित लोकतान्त्रिक चौतारीमा मञ्चन गर्दै समापन गरिने बताईएको छ ।

Natak-1