झापा : पूर्व राज परिवारले पूर्व रानी कोमल शाहको जन्मदिन झापामा मनाउने तयारी भएको छ ।

फागुन ६ गते बिहीबार होटेल क्राउन प्लाजामा पूर्व रानीको जन्मदिन मनाउने तयारी भएको हो । पूर्व राजा ज्ञानेन्द्र शाह झापामा छन् । उनी आइतबार झापा आइपुगेका हुन् । जन्मदिन मनाउन पूर्व युवराज्ञी हिमानी शाह, पूर्व नवयुवराज हृदयन्द्र शाह पनि झापा आउने बताइएको छ ।

पूर्व युवराज पारस शाह पनि आमाको जन्मदिन मनाउन सहभागी हुने भएका छन् । पूर्व रानीको जन्मदिनमा पूर्व राजपरिवारका सदस्य र आफन्त सहित काठमाडौँबाट झापा आउने भएका छन् ।

पूर्व रानीको जन्मदिन मनाएपछि पनि ज्ञानेन्द्र शाह र कोमल शाह केही दिन झापामै रहने जनाइएको छ ।